शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय, प्रधानमन्त्रीमाथि गम्भिर आरोप

मङ्गलबार, ३१ असोज २०७४, १४ : ४५
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौँ । माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । 

निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको सूचना आएपछि सरकारबाट बाहिर नजाने निर्णय भएको माओवादी नेता समेत रहेका गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए । 

मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले सरकारबाट बाहिरने पार्टी अध्यक्षले विज्ञप्ती बनाउँदा बनाउँदै निर्वाचन सार्ने सूचना आएको बताए । त्यही भएर सरकारबाट हट्ने कुरा अहिलेलाई स्थगित भएको उनले जानकारी दिए । 

‘सरकारबाट बाहिरिनका लागि विज्ञप्तिको ड्राफ्ट तयार हुँदै थियो । तर, निर्वाचन आयोगबाट चुनाव सार्ने तयारी भएको खबर आएपछि हामीले त्यो ड्राफ्टलाई च्यातेर सरकारमा रहने निर्णय गरेका हौँ,’ उनले भने, 'निर्वाचन हुने सुनिश्चित भए भर्खर छोड्न तयार छौं।'

पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन सार्ने सूचना प्राप्त भएपछि यस्तो कदम लिइएको बताए । उनले निर्वाचनको सुनिश्चता आफुहरुको मुख्य ध्यान भएको बताए । 

यसअघि, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पनि हाललाई माओवादीले सरकारलाई दिएको समर्थन कायम रहेको बताउँदै पार्टीले निर्णय गरे मात्र सरकारबाट बाहिरिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप