
दिल्लीमा २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको मृत्यु सङ्ख्या १०० भन्दा कम
भारतको राजधानीसमेत रहेको दिल्ली राज्यमा एक दिनमा मृत्यु हुनेको सङ्ख्या अप्रिल १३ पछि पहिलो पटक १०० भन्दा कम रेकर्ड भएको राज्य सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा बताइएको छ । यो अवधिमा दिल्लीमा ९४६ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने ७८ सङ्क्रमितको मृत्यु भएको छ ।
भारतको राष्ट्रिय राजधानी नयाँ दिल्ली र आसपासका क्षेत्रमा समग्र भारतमा जस्तै सङ्क्रमण दरमा निकै कमी आएको बताइएको छ । दिल्लीमा आइतबार निको हुनेको सङ्ख्या एक हजार ८०३ कायम भएको छ । दिल्लीमा सङ्क्रमण दर १.२५ कायम भएको छ ।
दिल्लीमा अहिलेसम्म कूल एक करोड ९२ लाख ३७ हजार ४० व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ भने विगत २४ घण्टामा ७५ हजार ४४० व्यक्तिले परीक्षण गराएका थिए । सरकारी तथ्याङ्क अनुसार दिल्लीमा अहिलेसम्म कोभिड सङ्क्रमितको सङ्ख्या १४ लाख २५ हजार ५९२ पुगेको छ । योमध्ये अझै १२ हजार १०० व्यक्ति सक्रिय सङ्क्रमित रहेका छन् । दिल्लीमा कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या १३ लाख ८९ हजार ३४१ रहेको छ भने २४ हजार १५१ व्यक्तिले महामारीका कारण ज्यान गुमाएका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ