पर्यटनमन्त्री ढकालको आरोप निराधार : मिनेन्द्र रिजाल
नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले काँग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् । नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफुहरुले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण विवाद उत्पन्न भएको बताएका हुन् ।
सरकारका विरुद्ध काँग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आम मागका बीच पनि सरकार विरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफै आलोचित हुँदा सम्म पनि काँग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र जनताको बृहत्तर सार्थ र हितलाई ध्यान दिदैँ प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।
उनले भने– ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृत्तिका कारण पार्टी फुटको संघारमा पुग्दा पनि हामी संयमित भयौँ । प्रतिनिधिसभा विघटन पश्चात् पनि काँग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौँ । यो बिउ हामीले लगाएको होइन । काँग्रेस अरु कसैको पनि झगडामा परेको छैन । हामीले कसैलाई उत्प्रेरित गरेका छैनौं । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधि सभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीहरुले उहाँहरुले समर्थन छ भन्दाभन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसको लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीहरुले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत ग¥यौँ ।’
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका थिए । मन्त्रीको सोही प्रतिक्रियाप्रति टिप्पणी गर्दै काँग्रेस नेता रिजालले काँग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनको निम्ति नभएको स्पष्ट पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पले किन्यो फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार
-
मन्त्रालयको सङ्ख्या बढाएर मन्त्री आलेमगरको जिम्मेवारी तोकिने
-
यी हुन् सन्दीपलाई सफाइ दिन उच्च अदालतले लिएका आधार
-
गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीप पक्षको आग्रह
-
सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति
-
तस्बिरमा हेर्नुहोस् सफाइपछि सन्दीप