सेती अस्पतालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १७ जेठ २०७८, १८ : ००
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा गरिएको परीक्षण थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८१ नमुनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमध्ये २ सय ४३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए । अस्पतालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १६७ पुगेको छ उपचाररत बिरामी ५१ जना रहेका छन् । कोरोनाको दोश्रो लहर सुरु भएयता सो अस्पतालबाट निको हुने बिरामीको संख्या ९ सय १ रहेको छ ।
अस्पतालका अनुसार हालसम्म १ लाख ४ सय २७ जनामा पिसिआर परिक्षण गर्दा १७ हजार ७ सय ४ जनामा कोरोना पाजेटिभ पुष्टी भएको छ भने ८२ हजार ७ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण