कर्णालीमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, ५१२ जना डिस्चार्ज
सुर्खेत । केही दिनयता कर्णालीमा लगातार कोरोना जितेर निको हुनेको संख्या बढिरहेको छ । संक्रमित र डिस्चार्ज हुनेको संख्यामा केही अन्तरमा जित्नेको संख्या बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा पनि ५१२ जनाले कोरोना भाइरस जितेर डिस्चार्ज हुँदा ४२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आज ५१२ जनामा गरिएको आरटी पीसिआर विधिको परीक्षणमा २१९ र ७०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल ५ हजार ५ सय ५५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । जसमा धेरै जसो बिरामीहरु होम आइसोलेसनमै बस्ने गरेको छन् ।
यस्तै पछिल्लो समय मृत्युदरको संख्यामा पनि कमी आएको छ । आज जुम्लामा १, सल्यानमा १ र सुर्खेतमा २ जना गरी ४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण