गण्डकीमा प्रदेशमा ह्वात्तै घट्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ४७३ संक्रमित
गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा २०१, म्याग्दी १२, स्याङ्जा ३५, बाग्लुङ ३०, पर्वत ६२, तनहुँ २१, गोरखा ८, लमजुङ ४१ र नवलपुरमा ६३ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ हजार ९९७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३१ हजार ८७९ पुगेको छ ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण