भक्तपुरमा आजदेखि चार पांग्रे सवारीको प्रयोगात्मक परीक्षा सुरु
भक्तपुर – यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुरबाटै चार पांग्रे सवारी चालक अनुमति पत्र (लाईसेन्स) को प्रयोगात्मक परीक्षा लिन सुरु गरेको छ ।
बुधबारदेखि चार पांग्रे साना सवारीको प्रयोगात्मक परीक्षा लिन सुरु भएको हो ।
मध्यपुरथिमि नगरपालिका–९ राधे राधेमा रहेको ईजी वे ट्रायल सेन्टरमा यातायात भक्तपुर बाट लिखित परीक्षा उत्तीर्ण गरेकाहरुले लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका छन् ।
ईजी वे ट्रायल सेन्टरले सम्झौता अनुसार निःशुल्क ट्रायल परीक्षा संचालन गर्न दिएको सेन्टरका प्रमुख निर्भयबाबु प्रसाईले बताए ।
दुई र चार पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौं जानु नपर्ने भएको यातायात व्यवस्था कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
भक्तपुर र काभ्रे लगायत पूर्वि जिल्लाका बासिन्दालाई सवारी चालक अनुमति पत्र (लाईसेन्स) को प्रयोगात्मक परिक्षा दिन सहज भएको छ ।
भक्तपुर यातायात कार्यालयमा दैनिक तीन सय भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेका छन् ।
यो शनिबार पहिलो दिन तीन सय ७७ जनाले दुईपाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिएका थिए । आज २ सय ५२ जनाले चार पांग्रे सवारीको प्रयोगात्मक परिक्षा दिनेछन् ।
एक पटकमा सात जनाले चार पांग्रे सवारीको प्रयोगात्मक परिक्षा दिन सक्ने ईजी वे ट्रायल सेन्टर जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण