पञ्चायत र शाही शासनमा पनि नझुकेको न्यायालयले ध्वस्त भएको संविधान जोगाउनुपर्छः टीकाराम भट्टराई
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् । उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही शासन र पञ्चायतकालमा समेत न्यायालय नझुकेको स्मरण गर्दै अहिलेको परिस्थितिमा करिब करिब ध्वस्त भएको संविधान न्यायालयले बचाउनुपर्ने बताए ।
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे । ‘न्यायपालिका र संविधानलाई जहाँ लान खोजिँदै छ, अहिले त्यो पूर्वाभ्यास हुँदैछ’, उनले भने, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि संविधान बचाउन यस्ता धम्कीलाई पार लगाउन यो अदालतसँग क्षमता छ । न्यायालयले त्यो क्षमता गुमाएको छैन ।’
उनले अगाडि भने, ‘न्यायपालिकाको आदेशविरुद्ध कार्यपालिकाको यो सम्मको हमला ? रेक्युजल (कुनै न्यायाधीश इजलासबाट हट्ने/हटाउने विषय) मा सरकारी पक्षले प्रश्न उठाउन पाउँदैन । संविधान करिब करिब ध्वस्त भएको छ । न्यायपालिकाले बचाउनुपर्छ । राजाको शाही शासनमा पनि यो अदालत झुकेन ।’
उनले पञ्चायत र राजाको पालामा हुन नसकेको हुर्मत गणतन्त्रमा कार्यपालिकाबाट हुन्छ भनेर न्यायपालिका टुलुटुलु हेरेर बस्न नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा