राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि बर्खास्त
गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ । बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले ह्वीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा तटस्थ बसेर ह्वीप उल्लंघन गरेका थिए ।
अध्यक्ष केसीले शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले थापालाई कारवाही गर्दै पार्टी सदस्य र सांसद समेत नरहने गरी कारवाही गरेको जानकारी दिए । ‘शुक्रबार बिहान बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति बैठक बसेर थापालाई कारवाही गरिएको छ । उनलाई सांसद पद र पार्टी सदस्यता नै नरहने गरी कारवाही गरेको पत्र प्रदेशमा पठाइएको छ’ अध्यक्ष केसीको भनाइ छ ।
जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । आजकै बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनको कारवाही सम्बन्धी पत्र पढेर सुनाएका छन् ।
जनमोर्चाले ह्वीप उल्लंघन गरेको भन्दै गत २० जेठमा पनि थापालाई पदमुक्त गरेको थियो । तर, थापा सर्वोच्च अदालत गएपछि उनको पद थमौती भएको थियो । थापाको रिटमा सर्वोच्चले २३ जेठमा प्रारम्भिक सुनुवाई गर्दै पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण