भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य समाग्री प्रदान
भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य समाग्री तथा उपकरण हस्तान्तर गरेको छ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरेको भारतद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीई किट, पिसिआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गरे । गत सालयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण