शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेले आजबाट हटायो एओएन, ब्रोकरलाई धनी बनाउन खोजेको लगानीकर्ताको आरोप

आइतबार, ३० जेठ २०७८, १२ : ४३
आइतबार, ३० जेठ २०७८

नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जले  डिसएबल  गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीका अनुसार धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो । एओएन डिसएबल हुँदा लगानीकर्तालाई के फाइदा छ यसबारे जानकारी दिने प्रयास गरेका छौँ ।

पहिला एओएनबारे बुझौँ

यदि तपाइले एओएनमा सेयर बिक्रीका लागि एकसय ५० कित्ता राख्नु भएको छ भने कि सबै बिक्री हुन्छ कि त बिक्री नै हुँदैन । अर्को नन भन्ने विकल्प पनि छ जसमा १५० कित्ता बिक्री अडर गरिएको छ भने सय कित्ता बिक्री गरेर ५० कित्ता राख्न पनि सकिन्छ । तर एओनमा कि त बिक्री हुन्छ कि त हुँदैन भन्ने हो । एओएन (अल अर नन)  भनेको सेयर बिक्री गर्दा एकैपटक सबै वा शुन्य भन्ने अर्थ हुन्छ । जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर  खरिद बिक्री गर्न  पाउँदैन एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् । तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको नेप्सेको दाबी छ । यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएको बताइन्छ ।

के फाइदा ?       

पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको बताएको छ । एओएन डिसएबल गर्दा कसैलाई पनि हानी नोक्सानी नहुने प्रवक्ता पराजुलीले बताए । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी नहुने नेप्सेको भनाइ छ ।

तर, यता लगानीकर्ता कमल खरेल साना तथा ठुला दुबै खालका लगानीकर्तालाई घाटा हुने बताउँछन् । यो पनि धितोपत्र बोर्ड र सिडिएसले दिएको अनुमतिकै आधारमा बनेकाले यसमा एकदिनमा १० प्रतिशतभन्दा बढ्न नि नपाउने भएकाले एओएन हुनुपर्ने उनको भनाइ छ । कित्ता टुक्र्याएर ब्रोकरलाई धनी बनाउने नियामकको चाल भएको उनको आरोप छ । उनी भन्छन, ‘मैले १० लाख बेच्नु छ  भने अल और नन गरेर राख्न पाउँथे सबै बिक्री हुन्थ्यो । ब्रोकर कमिशन ०.२५ तिर्दा हुन्थ्यो भने अब टुक्रायाइ टुक्रायाइ बेच्दा ०.५ प्रतिशत तिर्नुपर्छ । पहिला २५ हजार कमिशन तिर्दा हुन्थ्यो भने अब ५० हजार तिर्नुपर्ने भयो ।’

एओएनमार्फत् ब्रोकर कमिसन केही कम पर्ने भएकाले त्यसको प्रयोग गर्ने गरेको लगानीकर्ताहरूको तर्क छ । तर नेप्से केही तलमाथि परेपनि कमिशन बढाउन नखोजेको बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप