सुशान्तको निधनको एक वर्ष : फ्यानले भने, ‘कहिले मिल्छ न्याय ?’
अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्यु भएको आज सोमबार एक वर्ष पूरा भएको छ । २०२० जुन १४ मा निधन भएका सुशान्त सिंहको निधन हत्या हो कि आत्महत्या अझै टुङ्गो लागेको छैन । घटनाको अहिले पनि अनुसन्धान भइरहेको छ ।
३४ वर्षको उमेर संसारबाट बिदा भएका राजपुतको निधनले उनका प्रशंसकलाई गहिरो चोट पुगेको थियो । जुन चोट उनीहरु अहिले पनि भुल्न सकेका छैनन् ।
सुशान्त सिंहमा निधनअघि डिप्रेशनको समस्या रहेको बताइएको थियो । तर, फ्यानले यो कुरा पत्याएनन् । उनको निधनको विषयमा विभिन्न अनुमान बाहिर आए । तर, सत्य के हो त्यो भने अहिलेसम्म आउन सकेको छैन । अहिले पनि उनको निधनको विषयमा सीबीआई र एनीसीबीले अनुसन्धान गरिरहेको छ ।
सुशान्त सिंहको वर्ष दिनको बरखीमा फ्यानले इमोशनल भएर सामाजिक संजालमा उनको सम्झना फरक फरक तवरले गर्दै न्यायको समेत माग गरिरहेका छन् ।
एक (सामाजिक प्रयोगकर्ता) युजर्सले सुशान्त सिंहको सम्झना गर्दै लेखेका छन् ‘आखिर कहिले मिल्छ न्याय’
एक फ्यानले सुशान्त सिंहको याद नगरेको एक पल पनि नभएको लेखेका छन् । उनले अगाडि भनेका छन् ‘तपाई सधै हाम्रो दिलमा रहनु हुनेछ ।’
त्यस्तै अर्काे एक युजर्सले लेखेका छन्, ‘१४ जुन २०२०, दिनको २ बजे एक आएको समाचारले मेरो मन दुखाएको छ ।’ ती युर्जसले आफु कसैको निधनमा पहिलो पटक रोएको र त्यो ब्यक्ति सुशान्त सिंह भएको बताएका छन् । उनले अगाडि भनेका छन् ‘हामीले भारतीय फिल्मको एक रत्न गुमाएका छौँ।’
सुशान्तको निधनको एक महिना पछि परिवारले रिया चक्रवर्तीको विरुद्ध बिहारमा केस दर्ता गराएका थिए । त्यसपछि सीबीआईको अनुसन्धानको माग गरिएको थियो । अझै अभिनेताको अभिनेताको परिवार न्यायको लागि तड्पिरहेको छ । उनको कारण कारण कयौ ड्रग केस समेत बाहिर आएका थिए । सुशान्त सिंहकी गर्लफ्रेण्ड रियाले ड्रग्सको प्रकरणमा एक महिना जेलको हावा समेत खाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने