पैदल यात्रीलाई ठक्कर दिएर फरार मोटरसाइकल चालक पक्राउ
सोमबार, ३१ जेठ २०७८, १३ : ०७
बर्दियाको बाँसगढी नगरपालिका–९ स्थित माछागढमा दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ मा भे.३प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको थियो । बाँसगढी–८ बेलौरी घर भएका प्रेमी थारूलाई ठक्कर दिने बाँसगढीको ककौरा घर भएका ३६ वर्षीय रामभरोसे थारुलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।
उपचारका क्रममा जेठ २६ मा नेपालगञ्ज मेडिकल कलेजमा प्रेमी थारुको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न आरोपीलाई इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दियाका इन्सपेक्टर बीरेन्द्रसिंह थापाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रामभरोसेमाथि सवारी ज्यान सम्बन्धी कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’