बाढीपहिरो खोज र उद्धारमा सेना
नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनाले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।
बाढीका कारण भत्किएका/पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको जनाइएको छ ।
त्यस्तै मनाङको चामेस्थित सिरनतालबाट २४ र थोंचेबाट ११ बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पुर्याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पुर्याएकामा सेनाले उद्धार गरेको थियो ।
कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याउन सहयोग गरिएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण