शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुल बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

आइतबार, ०६ असार २०७८, १० : ०९
आइतबार, ०६ असार २०७८

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् ।

एउटै सत्यवती गाउँपालिका भित्र ५ सय मिटरको दुरीमा चार वटा पक्की पुलको तत्कालिन सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिलान्यास गरेका थिए । तर उनको कार्यकाल अवधिभर निर्माण कार्य अलपत्र प¥यो ।

तर पछिल्लो दुई बर्ष यता पुल निर्माण कार्यले तिब्रता पायो । जसका कारण उल्लीखोला पुलको निर्माण कार्य सकिएको छ । सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले उक्त पुल सम्पन्न भई सकेको आफुलाई जानकारी आएको बताए । त्यस्तै शाहघाटको पुल र चोरकाटे पुल निर्माणको ७५  देखि ८० प्रतिशत काम सम्पन्न भई सकेको उनले जानकारी दिए ।

त्यस्तै खैरेनीको पुलको पुलको काम  सुरु भएको उनले बताए । पक्की पुल त कतै  सम्पन्न भए कतै हुने चरणमा छन् तर ति  मध्येका कतिपय पुल सम्म आउने मोटरबाटो नै खनिएको छैन त ? भन्ने प्रश्नमा अध्यक्ष ढकालले भने–‘ हो सात आठ बर्ष देखि अलपत्र परेका पक्की पुलहरू बने र धमाधम बन्दै पनि छन् अब मोटरबाटोहरु पनि बन्ला नि । ’

उनले पुल बनेका  स्थान सम्म ट्रयाक खोलिए पनि पुल सम्म आउने  मोटरबाटो  सहज नभएको बताए । सिस्ने र चोरकाटेको पुल छत्रकोट गाउँपालिका  १ हुँगा गाउँको पुछारमा रहेको, ट्रयाक खोलिए पनि पहिरोले पुल सम्म जाने मोटरबाटो नभएको र अब हिउँद लागे पछि खोलिने त्यस वडाका वडाध्यक्ष धातानन्द भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप