प्रेमिकासँग पुनर्मिलनपछि दंग छन् ज्याक, तर गर्न सकेनन् गोल
इङल्यान्डका स्टार ज्याक ग्रियलिसले मैदानमा गोल गर्न सकेका छैनन् । तर उनी खुसी छन् । किनकी युरोअघि नै पूर्व प्रेमिकासँग उनको पुनर्मिलन भयो । स्रोतका अनुसार एस्टल भिल्लाका यी २५ मिडफिल्डरले मोडल सासा एटउडलाई अहिले आफ्नो मैदान बाहिरको ‘गोप्य हतियार’ मान्छन् ।
किशोरावस्थामै यी दुईको भेट भएको थियो । द सनलाई स्रोतले भनेको छ,‘ज्याक र सासाको सम्बन्ध उतारचढावपूर्ण रह्यो । तर अहिले उनीहरुको पुनर्मिलन भएको छ र उनलाई कसरी चर्चाबाहिर राख्ने भन्नेमा ज्याकको ध्याउन्न छ ।’
स्रोतले थप्यो, ‘फ्यानहरुले अझै आफुलाई सिंगल नै सोच्दा राम्रो हुन्द्ध भन्ने ग्रियलिसको बुझाई छ । तर, उनी युरोमा मैदानबाहिरबाट हौसला बढाइरहेकी छिन् । सासा मैदानबाहिरकी गोप्य हतियार हुन् र जेसुकै भएपनि उनले समर्थन गर्छिन् । उनीहरु दुबै एकअर्कासँग नजिक छन् ।’
बिम्बलीमा स्कटल्यान्डविरुद्ध म्याचमा इङल्यान्डको जर्सी लगाएर दर्शकको भिडमा सासा उभिएकी थिइन् । तर वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका ग्रियलिसले गोल गर्न सकेनन् । यो खेल गोलरहित बराबरीमै सकियो । अहिलेसम्म ग्रियलिसले इङल्यान्डबाट ८ खेल खेलेका छन् र गोल गर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब