शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा एक साता निषेधाज्ञा थपियो

आइतबार, ०६ असार २०७८, १६ : २६
आइतबार, ०६ असार २०७८

पर्सामा एक साताको लागि निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ । यस्तै अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्ने निर्णय समेत सो समितिले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

उनले निषेधाज्ञा अवधिभर भीडभाडजन्य कार्य नगर्न, मापदण्डको पालना गरी सार्वजनिक, निजी कार्यालय÷निकायहरुले सेवा प्रवाह र कार्य सञ्चालन गर्ने गराउने र सोको लागि उपयुक्त व्यवस्था सम्बन्धित कार्यालय÷निकायको प्रमुखले मिलाउनु पर्ने समेत निर्णय गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप