शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा.काफ्ले नियुक्त

आइतबार, ०६ असार २०७८, १७ : ४५
आइतबार, ०६ असार २०७८

गण्डकी प्रदेशको नीति तथा योजना आयोगमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको ब्यास नगरपालिका ५ का डा.काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्  ।  

मुख्यमन्त्री पोखरेलले आइतबार उनलाई सपथ गराएका छन् । नवनियुक्त उपाध्यक्ष डा.काफ्लेले अर्थशास्त्रमा पीएचडी गरेका छन् । यसअघि काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक भएका थिए । उनले आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख र तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । 

नवगठित पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो । गुरुङ सरकारका पालमा स्याङ्जाका डा.गिरिधारी शर्मा पौडेल योजना आयोग उपाध्यक्ष थिए । काफ्लेलाई आइतबार मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप