विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

'राष्ट्रपतिलाई हामीले श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोज्या हो ?'

यस्तै व्यवहारले हिटलर जन्मिने हो : रमन श्रेष्ठ
विहीबार, १० असार २०७८, १२ : ४१
विहीबार, १० असार २०७८

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले सरकारका गलत सिफारिस राष्ट्रपतिले नसच्याउँदा अहिलेको अवस्था आएको आरोप लगाएका छन् । विगतमा सेनापति रुक्माङ्गद कटुवाललाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालिन राष्ट्रपति रामवरण यादवले सच्याएको स्मरण गर्दै उनले अहिले भने ओली सरकारले जे सिफारिस गर्यो त्यसलाई आँखा चिम्लेर राष्ट्रपतिले सदर गरिदिँदा समस्या भएको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्धको काँग्रेस सभापति शेरबहादुर देउवालगायतको तर्फबाट संवैधानिक इजलासमा बिहीबार बहस गर्दै उनले मन्त्रिपरिषद्को गलत निर्णय नसच्याएर 'राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ?' भन्दै प्रश्न गरे, ‘हामीले राजा ज्ञानेन्द्रलाई हटाएर यो व्यवस्था ल्याएको होइन ?’

उनले इजलासले प्रधानमन्त्री केपी ओलीलाई सोधेको लिखित जवाफप्रति टिप्पणी गर्दै उनी शब्द चयनमा माहिर रहेको बताए । ‘धारा ७६ (५) सांसदहरुलाई दिएको ब्रम्हास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन्’, श्रेष्ठको जिकिर छ, ‘ जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क हुन सक्दैन ।’

१४९ जना प्रतिनिधिसभा सदस्यले राष्ट्रपतिकहाँ उपस्थित भएर सरकार गठन गर्न लिखित आग्रह गरेको भन्दै उनले देउवा प्रधानमन्त्री बन्न योग्य रहेको जिकिर गरे । उनले प्रधानमन्त्रीको गलत रवैया सच्चिन पर्नेमा पनि जोड दिए । ‘हिटलर त्यसै जन्मिने होइन । उच्च ओहदामा बसेकाहरुको यस्तै व्यवहारले हिटलर जन्मिने हो’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप