विघटन बहस : रिट निवेदकको समय अब ४ घण्टा ४५ मिनेट बाँकी
बिहीबार, १० असार २०७८, १६ : २७
प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समय अब, ४ घण्टा ४५ मिनेट बाँकी छ ।
संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् ।
बिहीबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।
रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले ४५ मिनेट बहस गरेका थिए । अरु, वरिष्ठ अधिवक्ताले १० मिनेटका दरले बहस गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा