केन्द्रीय संस्करण

अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो, एक जनाको शव भेटियो, दर्जनौ बेपत्ता

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार १ जनाको शव भेटिएको छ भने ५० भन्दा बढी बेपत्ता भएका छन् । भवन भत्किँदा कति व्यक्ति थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । यो भवन सन् १९८० मा मियामीको उत्तरी क्षेत्रस्थित सर्फसाइड टाउनमा निमार्ण भएको थियो । बीबीसीका अनुसार भवनमा २३० वटा फ्ल्याट थिए । जसमध्ये आधाभन्दा बढी फ्ल्याट ढलेका छन् ।

एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँगको कुराकानीका क्रममा भने– ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवज हो कि भन्ने लागेको थियो, तर हामीले पछाडि फर्किएर हेर्दा धुवाँको ठूलो बादल देखिएको थियो ।’ अर्का एक व्यक्तिले भने  त्यसबेलाको दृष्य सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कका जुम्ल्याहा टावरहरु ध्वस्त भएको बेलाको जस्तो देखिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.