बलिउडमा अनिल कपूरको ३८ वर्ष : नाजुक थियो फिल्ममा आउनुअघि कपूरको परिवारको अवस्था
बलिउड अभिनेता अनिल कपूरको फिल्म यात्राले ३८ वर्ष पूरा गरेको छ । उनको पहिलो बलिउड फिल्म सन् १९८३ मा रिलिज भएको थियो । उनी फिल्म प्रोड्युसर सुरेन्द्र कपूर र निर्मल कपूरका छोरा अनिल कपूरको वास्तविक जीवन कहानी भने निकै फरक छ ।
हाल उनीसँग करोडौँको बंगला छ । घर छ । गाडी छन् । तर, उनको परिवार पहिलोपटक मुम्बई आउँदा राज कपूरको ग्यारेजमा बस्थे । उनीहरु वर्षौंसम्म सोही ग्यारेजमा बस्ने गर्थे । त्यसपछि उनीहरुले एउटा कोठा लिएका थिए र लामो समयसम्म त्यहीँ बसे ।
अनिल कपूरले मुख्य भूमिकामा तेलुगु फिल्मबाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको पहिलो फिल्म सन् १९८० मा 'वामसा वृक्षम' रिलीज भएको थियो । उनले सन् १९७९ 'हमारे तुम्हारे' फिल्ममा काम गरेका थिए । उनले सन् १९७९ देखि १९८२ सम्म बलिउडमा चार फिल्म 'हमारे तुम्हारे', 'एक बार कहो', 'हम पांच', 'शक्ति' जस्ता फिल्ममा काम गरेका थिए । उनले सन् १९८३ मा फिल्म 'वो सात दिन' मार्फत बलिउडमा लिड रोलमा काम गरेका थिए ।
अनिल कपूरले सन् १९८६ मा 'चमेली की शादी'मा गीत समेत गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण