ऋतिक रोशनले घोषणा गरे ‘कृष-४’
शुक्रबार, ११ असार २०७८, १० : २५
मुम्बई । ऋतिक रोशन अभिनित हिट फिल्म ‘कृष’को चौथो सिक्वेल निर्माण हुने भएको छ । अभिनेता ऋतिक रोशनले ‘कृष-४’ फिल्मको घोषणा गरेका हुन् ।
उनले फिल्म ‘कृष’ निर्माण भएको १५ बर्ष पुगेको अवसरमा सामाजिक संजलामा लेखेका छन् ‘पहिलेको कुरा बितिसकेको छ । अब भबिश्य कस्तो लिएर त्यो देख्न बाकी छ ‘कृष ४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाइ फिल्म मध्य एक हो ।
करिव दुई बर्ष अगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२०को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अब्ठ्यारो समयका कारण फिल्म रोकिएको बताएका थिए । सो समय उनले फिल्मको लेखन कार्य भइरहेको र ढिला हुने जानकारी दिएका थिए ।
‘कृष’ फ्रेन्चाइसको सुरुवात २००३ मा ‘कोई मिल गया’ फिल्मबाट भएको थियो । यसपछि अन्य दुई फिल्म ‘कृष’ २००६, ‘कृष ३’ २०१३ रिलिज भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनताको घरदैलोमा न्याय दिन स्थानीय अदालत चाहिन्छ’
-
भेनेजुएलामा चमत्कार : भूकम्पको ६ दिनपछि भग्नावशेषबाट ३ वर्षीय बालकको जीवितै उद्धार
-
श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि...
-
साउनदेखि खुला गरिँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र उद्धार सवारीको परीक्षण सफल
-
पूर्व डीआईजी ठकुरीको निधन
-
मन्त्री फेर्ने हल्लाबिच रास्वपाको पदाधिकारीमा क–कसको छ चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण