शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी महिलाको यूएईबाट उद्दार

बुधबार, १६ असार २०७८, ११ : ४२
बुधबार, १६ असार २०७८

युएईमा अलपत्र एक महिलालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उद्दार गरिएको छ । 
फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै उनी यूएई गएकी थिइन्  । 

सेल्समा काम गर्ने डोल्मा (नाम परिवर्तन) को सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्माको जीवनले फरक मोड लियो । प्रेममा रहेकी उनलाई धोका भयो । एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्याइयो ।

उपचारका क्रममा डोल्मा गर्भवती भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो ।

अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिइन् । सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको । सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन् ।

उनको उद्धारका लागि पहल सुरु गरिए । गैरआवासीय नेपाली संघ यूएईमार्फत गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमको टिमले पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, ‘त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।’

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । त्यसैले उनलाई गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो ।

नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दुतावाससँगको समन्वयमा आमा तथा बच्चाहरुको ट्राभल डकुमेन्ट तथा अन्य प्रक्रियाहरु पुरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्यको जिम्मा लगाइएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप