क्वालालम्पुर उडान सुचारु, यात्रुले पालना गर्नुपर्छ यी मापदण्ड
बुधबार, १६ असार २०७८, २२ : ०३
मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान सुचारु भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्तामा दुई वटा नेपाली एयरलाइन्स र दुईवटा मलेसियाका एयरलाइन्सका गरी चारवटा उडान गर्ने गरी तय गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड–१९ परीक्षण गरेको फोटो एवं बारकोडरसहितको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ भने विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियम पालना गर्नुपर्नेछ ।
जसका लागि ७ दिनको क्वारेन्टिन सहितको होटेल बुकिङ गर्नुपर्नेछ ।
यस्तै नेपाल जाने टिकट कन्फर्म गर्नु पूर्व आफूसँग भएका कागजातहरू (राहदानी–ट्राभल डकुमेन्ट,भिसा, चेक आउट मेमो) को मान्य अवधि ख्याल गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण