क्वालालम्पुर उडान सुचारु, यात्रुले पालना गर्नुपर्छ यी मापदण्ड
बुधबार, १६ असार २०७८, २२ : ०३
मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडान सुचारु भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार हप्तामा दुई वटा नेपाली एयरलाइन्स र दुईवटा मलेसियाका एयरलाइन्सका गरी चारवटा उडान गर्ने गरी तय गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड–१९ परीक्षण गरेको फोटो एवं बारकोडरसहितको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ भने विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी सम्पूर्ण नियम पालना गर्नुपर्नेछ ।
जसका लागि ७ दिनको क्वारेन्टिन सहितको होटेल बुकिङ गर्नुपर्नेछ ।
यस्तै नेपाल जाने टिकट कन्फर्म गर्नु पूर्व आफूसँग भएका कागजातहरू (राहदानी–ट्राभल डकुमेन्ट,भिसा, चेक आउट मेमो) को मान्य अवधि ख्याल गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा