कर्णालीमा कोरोना : आज शून्य मृत्युदर
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट आज कर्णालीमा कसैले पनि ज्यान गुमाएको छैन् । दैनिक कुनै न कुनै कोरोनाका बिरामीले ज्यान गुमाउने गरेपनि पछिल्लो समय कर्णालीमा मृत्यु दरमा कमी आएको हो । बुधबार कोरोनाका कारण प्रदेशमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।
यस्तै बुधबार र आज प्रदेशमा संक्रमितको संख्या पुनः बढेको छ । असार पहिलो सातादेखि दैनिक कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढेको थियो । बुधबार जम्मा ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए भने ७८ जना संक्रमित थपिएका थिए ।
यस्तै आज ९३ जना डिस्चार्ज भएका छन् भने १२२ जनामा कोरोना पुष्टि भएको छ । ७५ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट ४६ र २७४ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
आज संक्रमित हुनेमध्ये कालिकोटमा सबैभन्दा धेरै २७ जना रहेका छन् । यस्तै सुर्खेतमा २१, रुकुम पश्चिममा १९, दैलेखमा १६, जुम्ला र सल्यानमा ११÷११, मुगुमा ८, हुम्लामा ५, जाजरकोटमा १ र डोल्पामा पनि १ जनामा रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या १ हजार १६९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण