दोस्रो डोज खोप माग्दै शिक्षक आन्दोलनमा, तस्बिरमा हेर्नुहाेस्
कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज कुरेर बसिरहेका शिक्षकहरूले शुक्रवारदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन् । पहिलो डोज लगाइसकेको महिनौँ बिते पनि सरकारले दोस्रो र पूर्ण डोजको व्यवस्था गर्न नसकेको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

पहिलो चरणको आन्दोलन अन्तर्गत शुक्रवार नेपाल शिक्षक महासङ्घले स्थानीय आन्दोलन परिचालन समितिको संयोजनमा सरकारले शिक्षक कर्मचारीहरूलाई कोभिड १९ को खोपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी गाउँ तथा नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् ।

“कोभिडको कारणले अहिले विद्यार्थी शैक्षिक संस्था आउने अवस्था पनि छैन भने शिक्षक पनि पढाउन जान सक्ने अवस्था छैन । भर्चुअल कक्षा सञ्चालनको लागि सरकारले निर्देशन दिए पनि आवश्यक पूर्वाधार शिक्षकहरूसँग छैन । यसका बीच पनि हाम्रा शिक्षा मन्त्री असारदेखि शैक्षिक सत्र सुरु गर्न निर्देशन दिनुहुन्छ,” शिव कुमार खनाल, नेपाल शिक्षक सङ्घ नागार्जुन नगरपालिकाका प्रतिनिधिले रातोपाटीलाई बताए ।
खनालका अनुसार शिक्षक महासङ्घले भदौसम्म आन्दोलनका कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । “जस अन्तरगत रिले अनसनसम्मको कार्यक्रम तय गरिने छ,” खनालले भने ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण