एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध
कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।
झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संसदको कारबाही अघि बढ्न नदिने बताइन् । यस्तै एमालेका सांसद दानसिंह परियारले संसद अवरुद्ध एमालेका कारणले नभएर संसदीय व्यवस्थाअनुसार काम नभएकाले गर्नुपरेको बताए । उनले पनि विगतका बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले भन्ने गरेका कुराहरुलाई नै दोहोर्याए ।
परियारले भने, ‘सर्वोच्चले पुनर्बहाली गरेपछि सभामुख शाहीले जेठ ३१ गते सभामा नेकपा एमालेका चार जना भनेर पत्र वाचन गर्नुभयो । अब, कर्णालीमा नेकपा एमालेको अवस्था नयाँ समीकरणसहित अघि बढ्यो भन्ने हामीले सोचेका थियौँ । तर, आज उनै व्यक्ति सत्तामा छन्, उनै एमालेको विरुद्धमा र उनै मान्छे सरकारको नेतृत्व गरिरहेका छन् । र हामीले हेरिबसेका छौँ । हामीलाई लज्जाबोध भइरहेको छ ।’
अदालतले एमाले बनाइदिँदा एमालेको पक्षमा नभएको प्रति उनले टिप्पणी गरे । साथै उनले बैठक अवरुद्ध गर्नुको कारण सरकारमा रहेका तीनजना मन्त्रीहरु दलीय व्यवस्थाअनुसार सञ्चालन नभएको बताए । सभामुख शाहीले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेले नटेरेपछि असार २४ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण