आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकामा शारीरिक सुगठन प्रतियोगिता :  सिंहले जिते दुई स्वर्ण पदक

सोमबार, २१ असार २०७८, १९ : २१
सोमबार, २१ असार २०७८

अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगिता नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् । टेक्सासमा भएको  प्रतियोगितामा सिंहले स्वर्ण जितेका हुन् । अमेरिकी पत्रिकाको आयोजनामा भएको कार्यक्रममा उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालीफाईएर कम्पिटिशन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुईवटा स्वर्ण पदक प्राप्त गरेका छन् ।

सिंहले पुरुषहरूको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी  (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा प्रथम स्थान हासिल गरेका हुन् । स्वर्ण पदक प्राप्त गरेसँगै उनी अब व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् । उनी यो पदक जित्ने पहिलो नेपाली हुन् । 

टेक्सास राज्यको ड्यालसमा विगत ७ वर्षदेखि बसोबास गर्दै आएका सिंहको पुर्ख्यौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनले नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनका अन्य खेल समेत उनले खेलेका छन् । भक्तपुरमा भएको अर्को प्रतिष्पर्धामा मिस्टर बडी बिल्डिङ अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो स्थान समेत भएका थिए । त्यस्तै, उनले बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप