बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सुटिङकाे खाली समयमा क्रिकेट खेल्दथे, पुराना याद सेयर गरिरहन्थे; दिलिप कुमारका नदेखिएका २७ तस्बिर

बुधबार, २३ असार २०७८, १२ : ५९
बुधबार, २३ असार २०७८

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । उनी पछिल्लो निकै समयदेखि बिरामी थिए । दिलिप कुमारको जीवन यात्राका केही तस्बिर हेरौंः

दिलिप कुमारको जन्म ११ डिसेम्बर सन् १९२२ मा ब्रिटिश इन्डियाको पेशावर (हाल पाकिस्तान) मा भएको थियो । उनले नासिकमा पढाई गरे ।

सुटिङबाट समय निकालेर दिलिपलाई क्रिकेट खेल्न असाध्यै मनपर्दथ्यो । फोटोमा अभिनेता मुकरीले विकेट किपिङ गरिरहेका छन् ।

सन् १९५० मा रिलिज भएको फिल्म बाबुलको सेटमा नर्गिससँग दिलिप कुमार १२ जून, २०२१ मा उनको सोसल मिडिया अकाउन्टबाट यो फोटो सेयर गरेर प्रशंसकलाई सोधिएको थियो कि यो कुन फिल्मको सेटको फोटो हो ?

यो फोटो केही वर्ष अघि ऋषि कपुरले आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरेका थिए । यसमा मुगल–ए–आजमका निर्देशक के. आसिफ, पृथ्वीराज कपूर, मधुबाला, दिलिप कुमार र इटालियन निर्देशक रोबर्टो रोसेलिनी देखिएका छन् । फोटो ‘प्यार किया तो डरना क्या’ गीतको सुटिङ बेलाको हो ।

मधुबाला र दिलिप कुमार विवाह गर्न चाहन्थे तर यस्तो हुन सकेन । ‘मुगल–ए–आजम’ को सुटिङका बेला यी दुईबीच प्रेम गहिरिएको थियो तर फिल्म समाप्त हुने बेलासम्म उनीहरुको ब्रेकअप भयो । यो फिल्मपछि उनीहरुले अरु फिल्ममा काम गरेनन् ।

दिलिप कुमारको ९४ औं जन्मदिन निकै धुमधामसँग मनाइएको थियो जसमा शाहरुख खानको पनि उपस्थिति थियो । सायरा बानोले एक् पटक दिलिपले शाहरुखलाई छोरा मान्थे किनभने उनीहरुका कुनै सन्तान थिएनन् ।

दिलिप कुमार–राज कपुर र देव आनन्दलाई त्रिमूर्ति भनिन्थ्यो किनभने ४०–६० को दशकमा यी तीन नै सबैभन्दा सफल स्टार्स थिए । तीनजनालाई कुनै पार्टीमा सँगै देखियो भने उनीहरुको बन्डिङ निकै राम्रो हुने गर्दथ्यो ।

९८ औं जन्मदिनमा लता मंगेशकले यो फोटो सोसल मिडियामा सेयर गरेर दिलिप कुमारलाई बधाई दिएकी थिइन् । दिलिप कुमारले उनलाई बहिनी मान्दथे ।

यो तस्बिर सन् १९५० को दशकको हो जसमा दिलिप कुमार भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग देखिएका छन् ।

आफ्नो प्रशंसकले घेरिएका दिलिप कुमार । सन् १९४० को दशकमा उनले फिल्म ‘ज्वार भाटा’ बाट आफ्नो करियर सुरु गरेका थिए ।

दिलिप कुमारको पाकिस्तानमा पनि प्रशंसकको कुनै कमी छैन । उनलाई सन् १९९७ मा पाकिस्तानको सर्वोच्च नागरिक सम्मान ‘निशान–ए–इम्तियाज’ द्वारा सम्मानित गरिएको थियो ।

सायरा बानोसँग सन् १९७० को फिल्म ‘गोपी’ मा दिलिप कुमार । सायराले दिलिप कुमारसँग ‘सगीना’ र ‘बैराग’ जस्ता फिल्ममा पनि काम गरेकी थिइन् ।

दिलिप कुमारसँग अभिनेता मनोज कुमार । दुबैले हिन्दी फिल्म क्रान्तिमा उत्कृष्ट काम गरेका थिए । फिल्म निर्देशक सत्यजीत रेले दिलिप कुमारलाई उनको कामका लागि सबैभन्दा ठूला ‘मेथड अभिनेता’ भन्दथे ।

मुगले आजम दिलिप कुमारको सबैभन्दा शानदार फिल्ममध्येको एक हो ।

सन् १९५० र १९६० को दशकका चर्चित खलनायक प्रेमनाथसँग दिलिप कुमार

देव आनन्द, राज कपुर र दिलिप कुमार । राज कपुर र दिलिप कुमार विशेष रुपमा एक–अर्कालाई मन पराउँथे । राज कपुर, दिलिप कुमारका अभिनयका पारखी थिए ।

सन् १९४०, १९५० र १९६० को दशकमा तीनजना (देव आनन्द, राज कपुर र दिलिप कुमार) को बक्स अफिसमा प्रतिस्पर्धा निकै चर्चित थियो । तर तीनैजना नीजि रुपमा एक अर्काका निकै मिल्ने साथी थिए ।

दिलिप र सायराको विवाह सन् १९६६ मा भएको थियो । सायरा दिलिपभन्दा २२ वर्ष कान्छी छिन् । सन् २०१८ मा बीबीसीलाई दिएको अन्तरवार्तामा सायरा बानोले आफूले अझै पनि दिलिप कुमारको ‘नजर उतार्ने गरेको’ बताइन् ।

अमिताभ बच्चन र जया बच्चनसँग दिलिप कुमार

अमिताभ बच्चनले सधैं दिलिप कुमारलाई आफ्नो आदर्श मान्छन् । यद्यपि, यी दुईले एउटा मात्रै फिल्ममा सँगै काम गरेका छन् । सन् १९८२ मा रमेश सिप्पीद्वारा निर्देशित फिल्म ‘शक्ति’ मा यी दुई सँगै देखिएका थिए ।

यो तस्बिर सन् २०११ को जो जब एक समारोहकमा आमिर खानले दिलिप कुमारलाई भेटेका थिए ।

एक समारोहमा सलमान खान, आमिर खान र शत्रुघ्न सिन्हासँग दिलिप कुमार । हरेक वर्ष उनको जन्मदिनमा बलिउडका सबै चर्चित कलाकार दिलिप कुमारको घरमा जम्मा हुने गर्दथे ।

अभिनेता शाहरुख खानसँग दिलिप कुमार । शाहरुख खानले थुप्रै पटक मानेका छन् कि दिलिप कुमार उनका सबैभन्दा मनपर्ने कलाकार हुन् । एकपटक दिलिप कुमारकी श्रीमती सायरा बानोले आफूहरुले छोरा भएको भए उनी शाहरुख खानजस्तै हुने बताएकी थिइन् ।

दिलिप कुमारलाई सन् १९९१ मा पद्मभूषण र सन् २०१६ मा भारतको दोस्रो ठू्लो नागरिक सम्मान पद्मविभूषणद्वारा सम्मानित गरिएको थियो ।

दिलिप कुमारको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘सिनेमाका लेजेन्डको रुपमा उनी सधैं याद रहिरहनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप