नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट
जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।
अस्पतालमा मेडिकल प्रमुख डा.दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरे । यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञा थप गरेको छ प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञा आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए । जिल्लामा ५०२ कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण