प्रदेश १ मा १६१ मा कोरोना सङ्क्रमण पुष्टि, ४६९ जना सङ्क्रमणमुक्त
शनिबार, ०२ साउन २०७८, १८ : १७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा २०५ महिला र २६४ पुरुष छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल ६७९ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक–एक र प्रदेश बाहिरका तीन रहेका छन् ।
योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण