शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो पटक पुनर्जीवन पाएपछिको संसद्, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०३ साउन २०७८, १७ : १६
आइतबार, ०३ साउन २०७८

काठमाडौं । संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।

सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप