दोस्रो पटक पुनर्जीवन पाएपछिको संसद्, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।
सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको सुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाए ।
सभामुख सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएको यस गौरवपूर्ण अवसरमा सम्पूर्ण माननीय सदस्यलाई बधाई दिँदै हार्दिक स्वागत गर्न चाहन्छु ।’ प्रतिनिधिसभाको सार्वभौम अधिकार पुनःस्थापित गर्न योगदान पु¥याउने सबैलाई उनले धन्यवादसमेत दिए ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण