होण्डा ग्राजियाको न्यू मोडल बिएसभिआई डिआरएस र डिएसएस अब नेपाली बजारमा

नेपाली बजारमा होण्डाको नवीन उत्पादन ग्राजिया बिएसभिआईको नयाँ मोडल सार्वजनिक भएको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी लिमिटेडले आइतबार एक कार्यक्रमका बीच ग्राजिया बिएसभिआईको सार्वजनिक गरेको हो ।
१२५ सिसी इन्जिन क्षमतामा उपलब्ध नयाँ बिएसभिआईनिकै आकर्षक र स्टाईलिस लुकमा रहनुका साथै व्यवहारिक फिचरहरुले पूर्णता रहेको रि–डिफाइनरी उत्पादन रहेको कम्पनीले बताएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर समेत उपलब्ध रहेको छ । यस फिचरले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न समेत राइडरलाई थप सहज हुने कम्पनीले जनाएको छ ।
होण्डाको पीजीएम–एफआई (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएकाले यस स्कुटरले बढी माइलेज र पावर समेत दिने कम्पनीको दाबी छ । ग्राजियाको यस नयाँ बिएसभिआई डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि आइडिलिङ्ग स्टप रहेको छ भने नयाँ बिएसभिआई एसटिडी मोडलमा इन्जिन स्टार्ट/स्टप स्वीच समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, एसिजी सहितको साइलेन्ट स्टार्ट, ईएसपी टेक्नोलोजीका साथ हिट इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु समेत ग्राजिया बिएसभिआईमा रहेको बैंकले जनाएको छ ।
हाल दुई मोडलमा उपलब्ध ग्राजिया बिएसभिआईको बिएसभिआई डिआरएसको मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ भने बिएसभिआई डिएसएसको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फ ऐतिहासिक भ्रमण
-
काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह
-
रोसी, सुनकोसी र हलेसी
-
अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता : मन्त्री गुरुङ
-
प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव
-
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँ : अर्थमन्त्री