क्रियाशील सदस्यता विवाद तत्काल समाधान गर्न देउवालाई दवाव
प्रदेश नम्बर २ का नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरूले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका काँग्रेसका धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताहरूले सोमबार एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर नगरे पार्टी कार्यालयमा आमरण अनसन बस्ने चेतावनी समेत दिए ।
पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानविन नभए आफूहरु आमरण अनसनमा बस्न बाध्य हुने काँग्रेस नेता अमरेशकुमार सिंहले चेतावनी दिए । उनले छिटोभन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग गरे ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली गरिएको भन्दै विरोधमा काँग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरु पार्टी कार्यालयमा अनसनमा बसेका छन । उनीहरुले जिल्ला छानविन समितिले दिएको सुझावको आधारमा सो सदस्यतासम्बन्धी विवाद समाधान नगरे मान्य नहुने चेतावनी समेत दिएका छन । जिल्ला छानविन समितिले केन्द्रलाई दिएको सुझावको आधारमा सो सदस्यता वितरण सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने काँग्रेस केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले बताए । उनले पार्टी केन्द्रले एक पक्षीय ढंगले क्रियाशील सदस्यता सम्बन्धि विवाद समाधान गर्न लागेकोमा आपत्ति जनाउँदै मान्य नहुने चेतावनी समेत दिए ।
धर्नामा बसेकाहरुले जिल्ला छानविन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश समेत व्यक्त गर्दै आएका छन् । उनीहरुले केन्द्रियस्तरको छानविन समितिले समेत पार्टीको विधान अनुसार छानविन गर्न नसकेको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण