रौतहटका युवकको मलेसियामा मृत्यु
मङ्गलबार, ०५ साउन २०७८, ०९ : ४२
रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो ।
बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए ।
अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka म्यानपावर काठमाडौंमार्फत ys form indudtries bhd कम्पनीमा गएका थिए । उक्त कम्पनीको लापरवाहीको कारण बैठाको मृत्यु भएको पीडित परिवारहरूले आरोप लगाएका छन् ।
मृतकको शव छिटो नेपाल ल्याउन र मलेसिया सरकारबाट पाउने सुबिधा उपलब्ध गराउन पहलको लागि नेपाल सरकारसंग परिवारले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण