रौतहटका युवकको मलेसियामा मृत्यु
मङ्गलबार, ०५ साउन २०७८, ०९ : ४२
रौतहट । वैदेशिक रोजगारीमा गएका रौतहटको एक जना युवकको मलेसियामा मृत्यु भएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड न ६ पेटभर्वाका ३३ वर्षीय मदन बैठाको मलेसियामा मृत्यु भएको हो ।
बैठा सोमबार साँझ ५ बजे काम गरिरहेको अवस्थामा अचानक पेट दुखेपछि अचेत भएका थिए ।
अचेत बैठालाई तत्काल अस्पताल पठाउन कम्पनीलाई एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेपनि कम्पनीले चासो नदेखाएको उनका सहकर्मी भरत साहले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।
मृतक मदन बैठा करिब ४ साल अगाडि Yaka म्यानपावर काठमाडौंमार्फत ys form indudtries bhd कम्पनीमा गएका थिए । उक्त कम्पनीको लापरवाहीको कारण बैठाको मृत्यु भएको पीडित परिवारहरूले आरोप लगाएका छन् ।
मृतकको शव छिटो नेपाल ल्याउन र मलेसिया सरकारबाट पाउने सुबिधा उपलब्ध गराउन पहलको लागि नेपाल सरकारसंग परिवारले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा