शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्राले एक महिना नै कमाउँथे यति करोड

बिहीबार, ०७ साउन २०७८, ०९ : ३१
बिहीबार, ०७ साउन २०७८

अश्लिल भिडियो निर्माण तथा प्रशारण गरेको अभियोगमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा अकुत सम्पत्तिका मालिक हुन् । 

बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरेका राजको मुम्बईमा १ सय करोड (भारतीय रुपियाँ) को बंगला छ । 

उनले व्यवसायको शुरुवात पश्मिना शलको व्यापार गरेर गरेका थिए । उनका पिता लण्डनमा बस कन्डक्टर थिए । उनले नेपालबाट पश्मिनाको शल किनेर बेचे । त्यसपछि उनले दुबई गएर   कम्पनीको निर्माण गरे । उक्त कम्पनीमार्फत उनले धातु, कन्स्ट्रक्शन, माइनिङमा डिल गर्न थाले । त्यसपछि उनले थुप्रै क्षेत्रमा काम गर्न थाले त्यसपछि उनले ठूलो एम्पाएर खडा गरे । 

अश्लिल भिडियो राजको पैसा कमाउने तरिका हो । उनका व्यवसाय थुप्रै क्षेत्रमा फैलिएको छ । राजले फेशन उद्योग, रियस स्टेट, कन्स्ट्रक्सन, स्टील प्लान्ट, फोरेक्स इनभेस्टमेन्ट, सतयुग गोल्ड, सुपर फाइट लिग र मुम्बईमा फुड चेन जस्ता कामसँग जोडिएका छन् । एक वेभसाइटका अनुसार राजको कमाई लगभग १०० मिडियन डलर रहेको छ । 

राज पछिल्लो समय ९ कम्पनीमा आवद्ध छन् । उनी सिनेमेशन मिडिया वक्र्स, बास्टियन हस्पिटालिटी, कुन्द्रा कन्स्ट्रक्सन, जेएल स्ट्रीम, एक्वा एनर्जी बेवरेजेज, भियान इन्डस्«टीज, होम एण्ड प्राइभेट लिमिटेड र क्लियरकम प्राइभेट मिडिया जस्ता कम्पनीहरुका मालिक हुन् ।

राज भारतका सफल व्यवसायीको सूचिमा पर्छन् । उनी सन् २००४ को ब्रिटिश म्यागाजिनमा ब्रिटिश एशियन धनिहरुको १९८ औं स्थानमा रहेका छन् । उनको त्यसपछि सम्पत्ति बढिसकेको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो एक दशकमा उनको सम्पत्ति ८० प्रतिशत बढेको छ ।

रिपोर्टका अनुसार उनी हरेक महिना १०० करोड (भारतीय रुपियाँ) कमाउँछन् । उनको एक वर्षको कमाई १२०० करोड छ । उनको कूल सम्पत्ति २९०० करोड छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप