देउवा सरकार अत्तालिएर माओवादी मन्त्रीलाई विना विभागीय बनाए - मन्त्री कोइराला
तनहुँ - नेपाल सरकारका मन्त्री आशा कोइरालाले देउवा सरकार बामगठबन्धन देखि आत्तिएर माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएको आरोप लगाएकी छन् ।
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँद्धारा आयोजित दोस्रो आदिबासी जनजाति साँस्कृतिक महोत्सवको बुधवार उद्घाट गर्दै मन्त्री कोइरालाले सो कुरा बताएकी हुन् ।
उनले भनिन्:
-बामपन्थी ध्रुवीकरणले देशमा ५ बर्ष स्थायी सरकार चलाउन सक्ने देखेर नै माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाइयो ।
-आगमी निर्वाचन सार्ने भित्री षड्यन्त्र भएका कारण माओवादी केन्द्रका मन्त्रीहरु सरकारमै बसेर सहयोग गरिरहेका छौं ।
-देउवा सरकाले साँसद विघटन गर्नु भनेको आफ्नै सरकारलाई अप्ठ्यारोमा पार्नु हो ।
-माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले आफ्नो नाङ्गो चरित्र देखाए ।
साथै उनले तनहुँ साँस्कृतिक सम्पादाहरुको धनी जिल्ला भएकोले चेपाङ, दरै, बोटे, गुरुङ, मगर, माझी जातिहरुको साँस्कृतिक संग्रहलय निर्माण गरी संरक्षण तथा सम्र्वद्धन गर्नुपर्नेमा जोड दिइन् ।

दमौलीको अनसन चौतारीबाट विभिन्न भेषभुषामा सजिएका आदिवासी जनजाति समुदायको बाजागाजासहितको र्यालीले बजार परिक्रम गरी महोत्सवस्थल पुगेको थियो ।
यो पनि पढ्नुहोस्:
दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव दमौलीमा शुरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
-
कर्मचारी ट्रेड युनियन खारेज गर्नेसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा
-
‘सर्वोच्चको आदेश पालना गर, उद्योगीलाई त्रसित नबनाऊ’ : उद्योग सङ्घ मकवानपुर
-
पहिराले कर्णाली करिडोर अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण