आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा सरकार अत्तालिएर माओवादी मन्त्रीलाई विना विभागीय बनाए - मन्त्री कोइराला

बिहीबार, ०९ कात्तिक २०७४, ०८ : ११
बिहीबार, ०९ कात्तिक २०७४

तनहुँ - नेपाल सरकारका मन्त्री आशा कोइरालाले देउवा सरकार बामगठबन्धन देखि आत्तिएर माओवादीका मन्त्रीहरुलाई विना विभागीय बनाएको आरोप लगाएकी छन् । 

नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँद्धारा आयोजित दोस्रो आदिबासी जनजाति साँस्कृतिक महोत्सवको बुधवार उद्घाट गर्दै मन्त्री कोइरालाले सो कुरा बताएकी हुन् । 

उनले भनिन्:

-बामपन्थी ध्रुवीकरणले देशमा ५ बर्ष स्थायी सरकार चलाउन सक्ने देखेर नै माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाइयो ।

-आगमी निर्वाचन सार्ने भित्री षड्यन्त्र भएका कारण माओवादी केन्द्रका मन्त्रीहरु सरकारमै बसेर सहयोग गरिरहेका छौं ।

-देउवा सरकाले साँसद विघटन गर्नु भनेको आफ्नै सरकारलाई अप्ठ्यारोमा पार्नु हो । 

-माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवाले आफ्नो नाङ्गो चरित्र देखाए । 

साथै उनले तनहुँ साँस्कृतिक सम्पादाहरुको धनी जिल्ला भएकोले चेपाङ, दरै, बोटे, गुरुङ, मगर, माझी जातिहरुको साँस्कृतिक संग्रहलय निर्माण गरी संरक्षण तथा सम्र्वद्धन गर्नुपर्नेमा जोड दिइन् ।


दमौलीको अनसन चौतारीबाट विभिन्न भेषभुषामा सजिएका आदिवासी जनजाति समुदायको बाजागाजासहितको र्यालीले बजार परिक्रम गरी महोत्सवस्थल पुगेको थियो ।

यो पनि पढ्नुहोस्:

दोस्रो आदिवासी जनजाति साँस्कृतिक महोत्सव दमौलीमा शुरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप