चीनको हेनान प्रान्तमा बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो
शुक्रबार, ०८ साउन २०७८, २३ : ४५
चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ ।
प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ ।
भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहाँ थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीय समेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
अमेरिकाले चीनको विद्युतीय कारमा चार गुणा कर बढायो
-
सुनसान छ डाक्टर केसीको अनसनस्थल
-
ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिप : एपीएफ क्लबको लगातार तेस्रो जित
-
बूढीतोला सडकखण्ड भासिएको १० महिनापछि मर्मत गरिँदै
-
सोह्रौँ पञ्चवर्षीय योजना पूर्ण कार्यान्वयनमा जाने उपाध्यक्षको दाबी,आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने