नेपाली खेलाडी दुबईमा सम्मानित
आइतबार, १० साउन २०७८, १४ : ५४
नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो ।
आर्थिक अवस्था सुधार्न रोजगारीका लागि युएई पुगेका भिमदत्त नगरपालिका–२ उल्टाखामका २४ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन् । उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन् ।
काम गरेर बाँकी रहेको समय खेलकुदलाई छुट्टाउने गरेको चन्दले बताए । यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए । ‘परिश्रम र मेहनत गरेपछि सफलताले पछ्याइ रहने रहेछ । यहाँ पनि खेलकुदलाई निरन्तरता दिन पाएकोमा म निकै खुसी छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण