बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए यूएईको अध्यक्ष र महासचिवमा शेर्पा र दाहालको उम्मेदवारी

आइतबार, १० साउन २०७८, २३ : १६
आइतबार, १० साउन २०७८

यूएई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईको आसन्न (२०२१–२०२३) कार्यकालको लागि अध्यक्ष र महासचिव पदमा क्रमशः पासाङ शेर्पा र निश्चल दाहालले उमेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिको उपाध्यक्ष शेर्पा र महासचिवले संघको आगामी कार्यकालका लागि क्रमशः अध्यक्ष र महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

कोभिड–१९ को जटिल समयमा युएईमा २४ सै घन्टा हिँडडुलमा प्रतिबन्ध लगाइएको बेलामा दुबई प्रहरीले एनआरएनए एनसीसी युएईका उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा १२ सदस्यीय क्युआरएफ टिम बनाइ इमिरेट्स अफ दुबईमा कोभिड १९ ले प्रभावित नेपालीहरुको विवरण लिइ आवश्यक राहत सहयोग गरेका थिए।

यसैक्रममा एनआरएनए एनसीसी युएईको क्युआरएफ टिमले कोभिड १९ ले समस्यामा परेका दशौं हजार नेपाली श्रमिकहरुलाई विभिन्न दाताहरुको सहयोगमा ८० टनभन्दा बढी खाद्यान्न वितरण गरेको थियो भने सयौं कोरोना पीडित नेपालीहरुलाई आवश्यक परामर्श दिई नेपाल फर्कने व्यवस्था मिलाएको थियो। 

यस सम्मानले प्रवासमा दुःखमा रहेका नेपालीहरुको उद्दार तथा सहयोगमा थप जोश जाँगर र हौसला मिलेकोले आगामी एनआरएनए एनसीसी युएईको अध्यक्ष पदमा दाबी गरेको शेर्पा बताउँछन्। २०११ देखि युएईलाई कर्मथलो बनाएका दाहाल, २०१५ देखि एनआरएनए एनसीसी यूएईको युवा संयोजक भइ काम गरेका हुन्। दाहाल हाल (२०१९–२०२१) कार्यकालमा पनि महासचिव पदमा निर्वाचित भएका थिए। एनआरएनमा अधिनायकवाद र राजनीतिक दम्भको खुलेर विरोध गर्ने, क्रान्तिकारी स्वभावका दाहाल आसन्न अधिवेशनमा आफूले संस्थालाई नीति नियम र विधानको शुत्रमा बाध्न पुनः महासचिवमा उम्मेदवार दिएको बताउँछन्।

संघको अधिवेशन ३० जुलाईमा हुँदैछ । उनीहरुले आफ्नो चुनावी एजेण्डामा सुरक्षित वैदेशिक रोजगारी र  यूएईमा समस्यामा रहेका नेपाली कामदारहरुलाई प्राथिमकतामा राखेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप