ad

कश्यपको कथा : ज्यान बचाउने गमला

person explore access_timeसाउन ११, २०७८ chat_bubble_outline0

धेरै पहिलेको कुरा हो । एकादेशमा एउटा मुढी राजा थिए । हरेक काम उनको मुढमा भर पर्थ्यो । रिसाउने र खुसाउने पत्तै हुँदैन थियो । रिस उठेको बेला कसैको ज्यानै लिन पनि पछि पर्दैनथे । खुसाएको बेला हीराको हारै दिएर पठाउने गर्थे । उनको सेवा गर्ने एकजना श्यामबहादुर नामक नोकर थियो । राजा उसलाई श्यामे भन्थे । उसकी सुन्तली नामकी ज्ञानी श्रीमती थिई, जो महारानीको सेवा गर्थी ।


दिन बित्दै गयो । श्यामे हरेक काम होसियारीपूर्वक गथ्र्यो । त्यसैले कुनै अप्रिय घटना हुन पाएको थिएन । यस अघिका नोकरहरू हप्ता दिन पनि टिक्दैनथे । काम गर्दा सानोतिनो गल्ती भइहाल्थ्यो । राजा त्यति पनि सहन सक्दैनथे र तीललाई पहाड बनाई कतिको ज्यान लिन्थे, कतिको सर्वस्व हरण तर श्यामे भने आठ दश वर्षदेखि टिक्दै आएको थियो ।



एक दिन सफाइ गर्दा उसको हातबाट राजाको खोपीमा राखेको एउटा गमला फुट्यो । यहाँ श्यामेको गल्ती थिएन । सदाझ्यैँ होसियारी पूर्वक नै काम गरेको थियो तर जति नै होसियारी अप्नाएको भए पनि माटाको भाँडो सफा गरेर टेबुलमा राख्न खोज्दा भुइँमा झरेर फुटिहाल्यो ।



राजा गमलाप्रेमी थिए । त्यसमा पनि यो गमला निकै कलात्मक थियो । त्यसैले उनले आफ्नो खोपीमा राखेर स्याहार सुसारको जिम्मा श्यामेलाई दिएका थिए ।



आफूले मन पराएको गमला फुटेको देखेर राजाले श्यामेलाई सोधे–



‘श्यामे ! गमला फुटेछ नि कसको करामत हो ? तुरुन्त भन, जसले फुटाएको भए पनि उसको हालत यही गमलाको जस्तै बनाउनेछु ।’



राजाको कुरा सुनेर श्यामे थरथर काम्यो । ऊ जति गरीव थियो त्यति नै इमान जमानको पक्का । उसले झुट बोलेन । आफ्नै हातबाट फुटेको कुरा स्वीका¥यो । त्यस राज्यमा झुट र छलकपटको जिम्मा ठूला भनिएकाहरूले लिएका थिए । ऐन नियम तथा कानून मिच्ने पनि उनीहरू नै हुन्थे । त्यसमा पनि राजा, राष्ट्रपति, प्रधानमन्त्रीका पदमा बस्न पाउने भाग्यमानीहरूका कुरा गर्ने हो भने संविधान नै मिचे पनि खतबात लाग्दैन थियो । कसैले गल्ती देखाउन खोज्यो भने जो चोर उसैको ठूलो स्वर भने जस्तो उनीहरू नै तीन बित्ता उफ्रेर हप्काउने गर्थे । 

राज्यकोषको सुख सुविधा भोग्ने पनि उनीहरू नै हुन्थे । पातलो दिसा आउने बित्तिकै उपचारको नाममा विदेशको सुविधा सम्पन्न असपतलामा गएर सरकारी पैसा उडाउँथे । गरीव गुरुवालाई बिरामी हुनेसम्मको छुट थिएन । बिरामी पर्दा पैसा भए उपचार गराउँथे, बाँच्ने, होइन भने मर्थे । सायद गरीवको घरमा जन्मनु नै अभिशाप थियो । धर्मशास्त्रले त्यसै भनेको थियो । धर्मगुरुहरूले त्यसैलाई लालमोहर लगाउँदै आएका थिए ।

पितापुर्खाका पालादेखि चल्दै आएको त्यहाँको नियम अहिले पनि कायमै थियो । परिवर्तनका कुरा गर्थे, ठूलठूला आन्दोलन हुन्थे । ऐन कानून फेरिन्थे, विधान फेरिन्थे, संविधान फेरिन्थे तर गरीवको अवस्था जहिले पनि उस्तै हुन्थ्यो । श्यामे त्यसैको प्रतिनिधि पात्र थियो । उसले सत्यलाई स्वीकार्दै भन्यो–

‘माफी चाहन्छु महाराज ! गमला फुटाउने मै हुँ । मेरै हातबाट फुटेको हो ।’

मुढी राजा किन चुप लाग्थे र कड्किँदै भने–

‘जतनसँग राख्न भनेको होइन किन फुटाइस् । यसको मूल्य कति महङ्गो पर्छ थाहा छ ?’

श्यामेले काम्दै भन्यो–

‘छैन सरकार ।’

‘छैन भने भोलि थाहा पाउँछस् । मृत्युदण्ड पाउँछस् मृत्युदण्ड बुझिस् ।’

राजा यति भनेर मस्तसित सुते तर श्यामे किन सुत्न सक्थ्यो र । उसलाई आँधीबेहरीले घे¥यो । रात अबेर अध्यारो मुख लगाएर कोठामा पुग्यो । सुन्तली भरखर पुगेर चुलो तताउने कोसिस गर्दै थिई । लोग्ने अध्यारो अनुहार देखेर सोधी–

‘के भयो तपाईँलाई, अनुहार अँध्यारो देख्छु नि ?’

श्यामेले सबै कुरा बतायो । ऊ पनि कालोनीलो भई । यतिका वर्षसम्म इमान्दारीपूर्वक गरेको कामको ज्याला राम्रै मिल्दै थियो । तैपनि उसले हिम्मत हारिन र लोग्नेलाई लिएर चतुरे (चतुर्भुज शर्मा) कहाँ गई ।

मध्यरातमा श्यामे दम्पत्तीलाई देखेर चतुरे सोधे–

‘किन, के प¥यो र मध्यरातमा आत्तिँदै आयौ ?’

श्यामे दम्पतीले दुःखको कारण बताए । उनीहरूको कुरा सुनेसकेपछि चतुरेले कानमा खुस्स केही कुरा भनेर पठाए ।

भोलिपल्ट दरवार बस्यो । मन्त्रीलाई बोलाएर राजाले श्यामेलाई झुण्ड्याउने आदेश दिए । राजाको अगाडि बाबाको दुहाई, कसको के लाग्थ्यो र । मन्त्रीले त्यसको सबै व्यवस्था मिलाएर अन्तिम ईच्छा के छ भनेर सोधे । मृत्युदण्ड पाउने व्यक्तिलाई मर्नु अगाडि अन्तिम ईच्छा सोध्ने चलन थियो । सोही अनुसार श्यामेलाई पनि सोधिएको थियो । श्यामेले झट् उत्तर दियो–

‘अन्य यस्तै दुईवटा गमला हेर्ने चाहन्छु ।’

राजाको खोपीमा अर्को पनि दुईवटा यस्तै गमला थिए । श्यामेले तिनै गमला हेर्ने ईच्छा गरेको थियो । सिपाहीले तत्कालै तिनलाई लिएर आए । गमला देख्नासाथ श्यामेले दुवै गमला एकएक गरी फुटायो । उसको हर्कत देखेर राजाको रिसको पारो अरु चड्यो । उनले थप कड्किँदै भने–

‘बिना कारण थप गमला किन फुटाइस् ? तुरुन्त भन, होइन भने जे पनि हुन सक्छ ।’

श्यामे विनम्रतापूर्वक भन्यो–

‘गमला फोरेको होइन महाराज ! अरु दुई जनाको ज्यान बचाएको हुँ ।’

राजाले रिसले आगो हुँदै भने–

‘अझ बढी हुन्छस् । तुरुन्त भन किन फुटाइस् ।’

श्यामेले दुई हात जोर्दै भन्यो–

‘बढी भएको होइन महाराज ! एक दिन यिनीहरू पनि कसैको हातबाट फुट्ने छन् र जसको हातबाट फुट्नेछ उनीहरूले पनि मैले जस्तै अकालमा मर्नुपर्नेछ ।’

श्यामे कुरा सुनेर राजा झस्के र एकैसाथ १६० डिग्रीले शान्त भएर सोधे–

‘तिमीलाई यस्तो कुरा कसले सिकायो ठुक्क भन्न सक्छौ ।’

श्यामेले मुुसुक्क हाँस्दै सबै कुरा बतायो । त्यसपछि राजाले चतुरेलाई धन्यवाद दिँदै भने–

‘तपाईँले आज मेरो आँखा खोल्ने काम मात्र गर्नु भएन तीन जना निर्दोषको ज्यान बचाउने काम गर्नुभयो । भन्नुस् के सेवा गरुँ ।’

त्यसपछि चतुरे राजाई सम्झाउँदै भने–

‘मलाई केही चाहिन्न महाराज ! मात्र आइन्दा यस्तो गल्ती नगर्नु भए पुग्छ ।’

यति भनेर चतुरे घरतिर लागे । राजाले श्यमेसित माफी माग्दै पुरस्कार स्वरूप एउटा गाउँ नै बिर्ता दिएर पटाए । त्यसपछि श्यामेको दिन फि¥यो । ऊ चतुरेको जयजयाकार गर्दै सुख पूर्वक रहन लाग्यो । भनिन्छ, सुखमा नमात्तिने र दुःखमा नआत्तिने हो भने कहिल्यै दुर्गति हुँदैन । श्यामेलाई पनि त्यस्तै भयो ।    

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।