आयोगद्वारा महन्थ ठाकुरको निवेदन अस्वीकृत
सोमबार, ११ साउन २०७८, ११ : ५८
जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले अस्वीकृत गरेको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पाएको ठाकुर पक्षीय एक नेताले जानकारी दिए ।
यसअघि सोमबार बिहान बसेको ठाकुर पक्षको बैठकले आयोगमा निवेदन दिने निर्णय गरेको थियो । अहिले आयोगमा हेडकाउन्ट गर्ने क्रम जारी रहेको छ भने ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन् । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिकता गुमाउने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा