बबरमहलमा महन्थ ठाकुर पक्षको बैठक चल्दै
मङ्गलबार, १२ साउन २०७८, १६ : २२
महन्थ ठाकुर पक्षको आन्तरिक बैठक बबरमहल जारी रहेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादवलाई दिइसकेपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा ठाकुर पक्षका कार्यकारिणी सदस्य तथा सांसदहरुको बैठक बबरमहलमा बसिरहेको हो ।
प्रदेश २ का सांसद समेत रहेका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले यो कुनै औपचारिक बैठक नभइ पार्टीमा उत्पन्न वर्तमान परिस्थितिको बारेमा छलफलका लागि आन्तरिक छलफल भएको बताए ।
निर्वाचन आयोगले गरेको निर्णयलाई अध्ययन गर्नुको साथै अगामी यात्रा कसरी तय गर्ने भन्नेबारे छलफल भइरहेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले पनि यादवले जसपाको आधिकारिकता पाइसकेपछि अब के गर्ने विषयमा पनि छलफल भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा