शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको स्थायी समिति बैठक स्थगित

बुधबार, १३ साउन २०७८, १२ : ३१
बुधबार, १३ साउन २०७८

 नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

यसअघि मंगलबार बसेको बैठकले बुधबार ३ बजे पुनः बैठक बस्ने र माओवादीका तर्फबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउने निर्णय गरेको थियो ।

बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति गरेको छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो पेश गर्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप