माधव समूहलाई अब धेरै कुर्दैनौँ ः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव समूहलाई अब धेरै नकुर्ने बताएका छन् । शुक्रबार साउन १५ का अवसरमा पार्टी कार्यालयमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घोषणा गरे ।
‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’
उनले बैठकबाटै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए । ‘खासगरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ । तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरु छन् त्यसमा पार्टीले निर्णय गर्छ’, पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने पनि बताए । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्यममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् । उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारे । उनले भने, ‘पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौँ । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नु पर्यो नि, सबैले ।’
माधव नेपाल पक्षबाट दैनिक जसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण