लगानीकर्ताहरुको लागि सुवर्ण अवसर, ‘एनएमबि इन्भेष्टर सेभिङस्’

person explore access_timeसाउन १७, २०७८ chat_bubble_outline0

काठमाडौं । एनएमबि बैंकले सबै उमेरको लगानीकर्ताहरुलाई लक्षित गरी शुन्य मौज्दातमै बिशेष सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् अघि सारेको छ । 

यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो शेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएस मार्फत निःशुल्क अन्तर बैंक रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफेलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराइएको छ ।      

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरुलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।