‘प्रेमनाथ’को ‘पन्चेबाजा घन्काउदै’ गीत रिलिज
निषेधाज्ञाका कारण प्रभावित जनजीवन सामान्य बन्दै गएपछि नेपाली फिल्मका गतिविधि पनि सुरु हुन थालेका छन् । यस्तैमा कोरोनाको कारण रिलिज स्थगित भएको फिल्म ‘प्रेमनाथ’को गीत ‘पन्चेबाजा घन्काउदै’ सार्वजनिक भएको छ ।
गणेश बेल्वासेको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजेश पायल राइ र सुरुची पन्तको स्वर सुन्न सकिन्छ । डिजिटल प्लेटर्फमबाट रिलिज हुन लागेको फिल्म प्रेमकथामा बनेको हो । डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए ।
२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय फिल्ममा छ ।
फिल्मबाट कृति गौतम र मोनालिसा विष्ट अभिनयमा डेब्यु गरेका छन् ।
काठमाडौं, लुम्बिनी, रोल्पा, लखनउ, दाङ लगायतका स्थानमा छायाँकन भएको फिल्मका निर्माता गुह्येश्वरी बेलबासे पनि हुन् । कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा वसन्तराज भट्ट र मिलन राई रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् । फिल्मको संगीतकारमा सन्तोष श्रेष्ठ, भुपू पाण्डे र एसडी योगी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा