प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

person explore access_timeसाउन २१, २०७८ chat_bubble_outline0

प्रधानमन्त्री शेरबहादुर देउवासँग यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले आज अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यसैबीच, यहीस्थित राष्ट्रसङ्घीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिसको कार्यान्वयन, राष्ट्रसङ्घको सुदृढीकरण, नेपाल र राष्ट्रसङ्घबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा अत्युत्तम छलफल भएको जनाएको छ । 

आजै प्रधानमन्त्रीसँग यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गरेका छन् । भेटका बखत उनीहरूबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध प्रवर्द्धनबारे विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।